नोभाक जोकोभिचलाई अस्ट्रेलियन ओपनको उपाधि


९ फाल्गुन २०७७, आईतवार
41d1d72388ee294131a570b7608a1911 w1000 h500 cp

काठमाडौं, ९ फागुन । सर्बियन खेलाडी नोभाक जोकोभिचले यसपटकको अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

पुरुष एकलको फाइनल खेलमा आइतबार जोकोभिचले रुसका डानिल मेद्भेदेवमाथि सोझो सेटमा जित निकालेका हुन् । उनले ७–५, ६–२ र ६–२ को स्कोरमा खेल जितेका हुन् । अस्ट्रेलियन ओपनको यो उपाधि जोकोभिचको नऔं उपाधि हो ।

Capture 4

योसँगै जोकोभिचले १८ औं पटक ग्रान्ड स्लाम हात पारेका छन् । राफेल नाडाल र रोजर फेडेररले हालसम्म २० पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिच उनीहरुको उपाधि नजिक पुगेका हुन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७