भक्तपुरबाट लागू औषधसहित एक भारतीय नागरिक पक्राउ


१० फाल्गुन २०७७, सोमबार
pakrau
फाइल फोटो

भक्तपुर, १० फागुन । भक्तपुरको सल्लाघारीबाट प्रहरीले लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वमा खटिएको टोलीले भारतीय नागरिक आनन्दराम चमारलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधामा पुगेको प्रहरी टोलीले भक्तपुर नगरपालिका १ सल्लाघारीबाट भारतको बेतिया सिक्टा घर भएका ४७ वर्षीय चमारलाई लागू औषधसहित पक्राउ गरेको परिसरका डिएसपी दिपक गिरीले जानकारी दिए । उनको साथबाट डाइजेपाम तीन सय थान, नोर्फिन तीन सय थान र फेनेरागन तीन सय थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७