पशुपतिमा जलहरी फेर्दा ज्योतिर्लिग चोइटिने खतरा


१० फाल्गुन २०७७, सोमबार
Pashupatinath Temple Photo Rss

काठमाडौं, १० फागुन । केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिगसम्म केही भाग चोइटियो । त्यति मात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औलामा चोट समेत लाग्यो ।

पूजा सामग्री ज्यातिर्लिगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् । पशुपतिनाथको ज्यातिर्लिग चार जना पुजारीबाहेक अरुले छुन पाउँदैनन् ।

पहिला पनि ज्योतिर्लिग चोइटिएको थियो, चाँदीको जलहरी फेर्दा केदारले भने, १०८ किलो वजनको जलहरी राख्दा त झनै ज्यातिर्लिगमा दबाब पर्न सक्छ । जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यहीमाथि सुनले टोप्ने कोषले बताएको थियो ।

त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएाा थिए । तर अहिले कोषले चाँदीको झिकेर सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । म कुनै हालतमा चाँदीको झिकेर सुनको राख्न दिन्न पाजोवाला भण्डारीले भने, ज्यातिर्लिगमा क्षति पुग्यो भने कसले लिन्छ मिज्जेवारी ? यो संवेदनशील ठाउँ हो , तर यहाँ हचुवामा काम भइरहेको छ ।

पशुपतिनाथको ज्यातिर्लिग प्रस्तरको हो । जज्योतिर्लिगका पिठीका गोलो छ । जानकारहरुका अनुसार जति प्राचीन भयो, उति नै पिठीका गोलो हुन्छ । चतुुर्दशकोठीको देवदेवताको प्रतिक हो यो । यही प्रतीकको आधार बनाएर पशुपतिको पूजा आराधना हुन्छ ।

पशुपतिनाथको शास्त्रीय महत्व र प्राचीन स्मारक संरक्षण ऐनविपरित जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारीलगायतले विरोध गरेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७