नाइजेरियामा सैनिक विमान दुर्घटना, सबै यात्रुको गयो ज्यान


१० फाल्गुन २०७७, सोमबार
636955c0f0de1e56e30d0468accdb024 w1000 h500 cp

काठमाडौं, १० फागुन । नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा सैनिक विमान दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेको विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका अधिकारीहरुले बताएका छन् । विमानमा कति सवार थिए, खुलाइएको छैन । तर, चालक दलका सदस्यसहित कम्तिमा सात सैनिकले दुर्घटनामा ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयनमन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमा लेखेका छन्, ‘सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । यो भयानक दुर्घटनामा हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ । साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७