विवादास्पद सीमा क्षेत्रबाट सैनिक फिर्ता बोलाउन भारत–चीन सहमत


१० फाल्गुन २०७७, सोमबार
1503911444india china army final

काठमाडौं, १० फागुन । भारत र चीनले विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् । दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुले आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएका छन । यस्तै अन्य क्षेत्रमा रहेका सेना पनि फिर्ता बोलाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ ।

दुवै देशबीच सीमा स्वामित्वका बारेमा विवाद हुँदा गत वर्ष पटक पटक झडपहरु भएका थिए । सो झडपमा परेर भारत र चीन दुवै पक्षमा सेनाको मृत्यु भएको थियो । चीनले सो क्षेत्रमा झडप भएको लामो समयपछि मात्र आफ्ना सेना मारिएको स्वीकार गरेको छ ।

गत जुनमा गलवान उपत्यकामा भारतीय सैनिकसँगको संघर्षमा आफ्ना चार जना सैनिक मारिएको पुष्टि चीनले गरेको छ । सो झडपमा २० जना भारतीय सैनिक मारिएको दावी गरेपनि आफ्नो तर्फको क्षति भने सार्वजनिक गरेको थिएन ।

सो झडपपछि दुवै पक्ष सीमाको दसगजा क्षेत्रमा अनधिकृत रुपमा प्रवेश नगर्ने सहमति जनाएका हुन् । दुवै राष्ट्रले यही फेब्रुअरी ११ मा विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरीसकेका छन् ।

दुवै देशले लद्दाखलगायत अन्य क्षेत्रमा देखिएको विवाद समाधानका लागि पनि वार्ता जारी राख्ने जनाएका छन् । विवादास्पद सीमा क्षेत्रमा शान्ति कायम गर्न दुवै देशले अन्तिम प्रयास गर्ने विज्ञप्तीमा उल्लेख छ । भारत र चीनबीच सीमा स्वामित्वलाई लिएर दशकौं अघिदेखि विवाद जारी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७