रुबिना बनिन् बिग बोस १४ औं संस्करणको विजेता


१० फाल्गुन २०७७, सोमबार
Rubina

मुम्बई, १० फागुन । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना टेलिसिरियल ‘छोटी बहु’ को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।
बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७