भारतमा पहिलोपल्ट महिलालाई मृत्युदण्ड दिन लागिएपछि महन्तको चेतावनी : रोक्नुस्, अनिष्ट हुन्छ


१० फाल्गुन २०७७, सोमबार
99ed370397342c366c5aaa762ee79297 w1000 h500 cp

काठमाडौं, १० फागुन । प्रेमीसँग मिलेर श्रीमानसहित परिवारका ७ सदस्यको हत्या कसुरमा भारतमा मृत्युदण्ड दिन लागिएको महिलालाई माफी दिन त्यहाँका एक महन्तले राष्ट्रपतिसँग अपिल गरेका छन् ।

उत्तर प्रदेशस्थित अमरोहा जिल्लाको बाबनखेडी गाउँमा सन् २०८८ अप्रिल १५ को रात प्रेमीसँग मिलेर श्रीमानसहित आफ्नो पविारका ७ सदस्यको हत्या गर्ने सबनम नामकी महिलालाई फासीको सजाय दिने निर्णय भएको छ । यो नै भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिन लागिएको हो ।

२०१९ जुलाईदेखि जेलमा रहेकी उनलाई फासी दिइँदा धार्मिक हिसाबले अनिष्ट आउने चेतावनी दिँदै अयोध्यास्थित तपस्वी शिविरका महन्त परमहंस दासले त्यसो नगर्न भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका हुन् ।

महन्त दासले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘हिन्दू शास्त्रमा महिलाको स्थान पुरुषभन्दा धेरै माथि छ । एउटी महिलालाई मृत्युदण्ड दिँदा समाजको भलो हुँदैन, बरु दुर्भाग्य र अनिष्ट आइलाग्छ। यसकारण उनले गरेको अपराध माफी दिन लायक त होइन, तर उनी महिला भएका कारण माफी दिन आवश्यक छ ।’

हत्यामा संलग्न शबनम र उनका प्रेमी प्रेमी सलीमलाई मृत्युदण्ड दिने फैसला भएको छ । शबनमले आफूलाई माफी दिन भन्दै राष्ट्रपतिसमक्ष गरेको याचना पनि अस्वीकार गरिएको हो । साढे २ वर्षदेखि जेलमा रहेका दुवैलाई मृत्युदण्ड दिने निर्णय भइसकेको भए पनि मिति तोक्न बाँकी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७