नेकपाले टुङ्गो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)


१० फाल्गुन २०७७, सोमबार
madhav nepal prachanda scaled

काठमाडौं, १० फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सचिवालयले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जानकारी दिएको छ ।

६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७