मेलम्ची सुरुङको परीक्षण सफल


१० फाल्गुन २०७७, सोमबार
melamchi

काठमाडौं, १० फागुन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण सफल भएको छ । साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो । मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी २७० मिटर पार भएको छ ।

यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो । त्यतिबेला आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’ बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर दोस्रो परीक्षण गरिएको हो । खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नम्बर १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको थियो । परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको थियो । खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरुवाती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७