महिला हिंसा अन्त्य हुनुपर्छ : डा. संग्रौला


१० फाल्गुन २०७७, सोमबार
dila

मार्तडी, १० फागुन । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताए ।

उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७