प्रधानसेनापति थापा सर्वोच्च अदालतमा, प्रधानन्यायाधीशसँग भेटघाट


१० फाल्गुन २०७७, सोमबार
purnachandra thapa 20180726151156

काठमाडौं, १० फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापा आज (सोमबार) अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानसेनापति थापा आज अपरान्ह १ बजेर १० मिनेटमा सर्वोच्च अदालत प्रवेश गरी एक घण्टा भेटवार्ता गरेर फर्केका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग थापाले एक घण्टा छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

‘उहाँ अदालतमा एक घण्टा बिताएर फर्कनु भएको हो, अदालतमा प्रधानन्यायाधीशसँग भेटवार्ता भए पनि के कुराकानी भयो भन्ने खुलेको छैन,’ स्रोत भन्छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भएर फैसला हुने चरणमा छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन् । तर सर्वोच्च अदालत स्रोतले भने प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भएको भेट जग्गाको विषयसँग सम्बन्धित रहेको जनाएको छ ।

‘सर्वोच्च अदालतको नयाँ भवन सेनाको जग्गामा निर्माण हुँदैछ, सो जग्गा प्राप्ती र हस्तान्तरण सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले नै प्रधानसेनापतिलाई बोलाउनु भएको हो’, अदालत स्रोतले भन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७