देउवा–पौडेल एक ठाउँ उभिए संसद पुनर्स्थापना गरेर ६ महिनामै निर्वाचन : नेता रिजाल


१० फाल्गुन २०७७, सोमबार
MINENDRA RIJAL
फाइल फोटो

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँ उभिए संसद पुनर्स्थापना, संविधान संरक्षण दुबै भएर पनि ६ महिनामा चुनाव हुने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘वर्तमानको चुनौती, अवसर र कांग्रेसको भूमिका’ विषय अन्तरक्रियामा नेता रिजालले संसद पुनर्स्थापना गरेर संविधान ‘ट्रयाक’ मा ल्याई प्रतिनिधिसभा निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् । संसद विघटन नेकपाको आन्तरिक बेमेलको परिणाम रहेको भन्दै नेता रिजालले कांग्रेसभित्र विवाद लम्ब्याउन जरुरी नभएको बताएका छन् ।

‘शेरबहादुर दाइले निर्वाचन भन्नु भएको छ । रामचन्द्र दाइले संसद पुनर्स्थापना । पुनर्स्थापना गरेर संविधानलाई मूलधारमा ल्याएर निर्वाचनमा जाँदा दुवै नेताको एजेण्डा सफल हुन्छ’, रिजालले भने । पुनर्स्थापना संसदले मुलुकको भार बोक्न नसक्ने निश्चित भएको भन्दै रिजालले संविधान जोगाउनका लागि संसद पुनर्स्थापना हुन भने जरुरी रहेको बताएका छन् ।

संसद पुनस्र्थापना भएपछि ६ महिनाभित्र चुनाव गराउने गरी नयाँ चुनावी सरकार बनाउन उपयुक्त हुने रिजालको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद पुनर्स्थापना गरे आन्दोलन गर्छु भन्नु अधिनायकवादी विचार भएको रिजालको टिप्पणी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७