ट्राफिक चेकिङको क्रममा प्रहरीले स्कुटर तान्दा सिर्जना राईको मृत्यु


१० फाल्गुन २०७७, सोमबार
accident in river

ललितपुर, १० फागुन । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । ट्राफिक चेकजाँचकाे क्रममा प्र ३–०२–०१० प ५५८९ नम्बरको सवार करिब २३ वर्षीय सिर्जना राईकाे ज्यान गएकाे छ ।

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ उभिएका ट्राफिक प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गर्दा स्कुटर अनियन्त्रित भएर बसमा ठाेकिन्दा उदयपुर घर भइ नखिपोट बस्ने २३ वर्षीया सिर्जना राईकाे मृत्यु भएकाे हाे ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

दुर्घटना हुने बेला जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७