विप्लव नेता धर्मेन्द्र बास्तोलालाई सर्वोच्चले छोड्ने आदेश दिए पनि प्रहरीले फेरि पक्रियाे


१० फाल्गुन २०७७, सोमबार
dhabendra bastola

काठमाडौं, १० फागुन । सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गरेको छ ।

सरकारले विप्लवसँग वार्ताको तयारी गरिरहेका बेला सोमबार बास्तोलालाई तत्काल हिरासतमुक्त गर्न अदालतले आदेश दिएको थियो । तर रिहाइको आदेश दिएको केहीबेरमै प्रहरीले फेरि बास्तोलालाई पक्राउ गरेको हो।

सोमबार न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानुनी थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । महानगरीय प्रहरी वृत्त सिंहदबारमा राखिएका नेता बास्तोलालाई सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा अघि बढाएको थियो ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

यसअघि अदालतले छाड्न आदेश दिए पनि उनलाई पुनः पक्राउ गरिएको थियो । सहज वातावरण बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको विप्लवले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७