कंगोको आतंकवादी आक्रमणमा मारिए इटालीका राजदूत लुका एटानासियो


१० फाल्गुन २०७७, सोमबार
d7ac6fdf01647631844a4687c46e6c68 w1000 h500 cp

काठमाडौं, १० फागुन । अफ्रिकी मुलुक डीआर कंगोमा इटालीका राजदूत लुका एटानासियो मारिएका छन् । आतंकवादीको आक्रमणमा परेर इटालिएन सेनासहित लुकाको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

आतंकवादी आक्रमण सोमबार नै भएको बताइएको छ । आक्रमणकारीले सुरुवातमा राष्ट्रसंघको गाडीमा सवार उनीहरुलाई कान्यामाहोरो भन्ने स्थानबाट अपहरण गर्न खोजेको थियो ।

आज स्थानीय समयअनुसार १० बजेर १५ मिनेटमा अपहरणको प्रयास गरिएको थियो तर अपहरणको प्रयास असफल भएपछि उनीहरुमाथि आक्रमण भएको थियो । यस घटनामा को संलग्न छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । राजदूत एटानासियो सन् २०१९ मा कंगोका लागि राजदूत नियुक्त भएका थिए । द गार्जियन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७