प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालनमा


१० फाल्गुन २०७७, सोमबार
IMG 297fcc439bb4905d2009ea20cdb4641c V 1 NwW1dc0rE5

काठमाडौं, १० फागुन । प्रभु बैंक लिमिटेडले आफनाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा आफनाे २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैङ्कको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।

उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७