मानव सेवा आश्रमलाई नेपाल एसबीआई बैंक सहयोग


१० फाल्गुन २०७७, सोमबार
sbi csr lk7HLLZvh6

काठमाडौं, १० फागुन । नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित मानव सेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको ५ ।

सन् २०१८ मा संचालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्दै आएको छ । मकवानपुरको हेटौंडा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरूबाट आफ्नो सेवा प्रदान गर्दै आएको ५ ।

आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटा लाई उक्त सामानहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७