भारतमा टिपरको ठक्करबाट नेपाली दम्पतीको मृत्यु


११ फाल्गुन २०७७, मंगलवार
4f55b7507b22037a732ca1b7a3d17139 w1000 h500 cp

काठमाडौं, ११ फागुन । भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको ज्यान गएको छ ।

स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको मृत्यु भएको हो । आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस ०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो ।

गत नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन् । दुर्घटना गराउने टिपर र चालकलाई पक्राउ गरिएको छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको मूल प्रवाहले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७