नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज


११ फाल्गुन २०७७, मंगलवार
sarbocha 768x402 1

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ ।

सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।

अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७