रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी


११ फाल्गुन २०७७, मंगलवार
thumb 12

काठमाडौं, ११ फागुन । क्रिस्टियानो रोनाल्डोले हेडबाट गरेको दुई गोलमा युभेन्टसले सोमबार इटालीको सिरी ‘ए’ मा पुछारको क्रोटोनलाई ३–० ले हराएको छ । जितपछि युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी आठ अंकमा कायम राख्यो ।

यस्तै टिम अंकतालिकाको तेस्रो स्थानमा पनि उक्लिन सफल भएको छ । युभेन्टसका लागि तेस्रो गोल वेस्टन म्याककेनीले गरे । रोनाल्डो यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा पनि पुगेका छन् ।

उनले १८ गोल गरेका छन् । यससँगै उनले इन्टरका रोमेलु लुकाकुलाई उछिनेका छन् । इन्टर ५३ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसको ४५ अंक भएको छ । क्रोटोन १२ अंकसाथ अन्तिम स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७