सैन्य ‘कू’ को विरोधमा म्यानमारमा अहिलेसम्मकै ठूलो प्रदर्शन, श्रमिक समेत उत्रिए सडकमा


११ फाल्गुन २०७७, मंगलवार
myanmar 1

काठमाडौं, ११ फागुन । म्यानमारमा सैन्य ’कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । सैन्य ‘कू’ विरुद्धको प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेका बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएको थियो । तर, सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो । गएको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव धाँधली भएकाले फेरि चुनाव गर्नुपर्ने सेनाले बताउँदै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७