एन्ड्रोइड फोनमै अब 4k युट्युब भिडियो हेर्न सकिने


११ फाल्गुन २०७७, मंगलवार
Youtube 20200404005612

काठमाडौं, ११ फागुन । गुगलले आफ्नो युट्युब एन्ड्रोइड एपमा अब एन्ड्रोइड फोनमै 4k युट्युब भिडियो हेर्न सकिने फोर के एचडीआर फिचर थप गरेको छ । योसँगै अब प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनमा युट्युब एपबाटै उच्चतम रिजोलुसन युक्त फोर के भिडियोहरु हेर्न पाउने छन् ।

यसअघि फोर के एचडीआर प्लेब्याक फिकर केवल आइफोन प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध थियो भने एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले युट्युबमा अधिकतम १४४० पिक्सेल रिजोलुसन सम्म मात्र भिडियो हेर्न सक्दथे ।

अब चाहिँ युट्युबमा अपलोड भएका २१६० पिक्सेल अर्थात् फोर के रिजोलुसनका भिडियोलाई युट्युबका दर्शकले एन्ड्रोइड फोनमा समेत सोही रिजोलुसनमा हेर्न पाउने जनाइएको छ । आफ्नो एन्ड्रोइडको युट्युब एपमा रिजोलुसनलाई अधिकतम बनाउनका लागि युट्युब एपमा भिडियो खोलेर माथिल्लो भागमा रहेको तीन वटा थोप्लावाला मेन्यूमा ट्याप गर्ने र त्यहाँको प्लेब्याक अप्सनमा गई अधिकतम रिजोलुसन छनोट गर्नुपर्दछ ।

त्यसअघि तपाईंले गुगल प्लेमा गएर आफ्नो युट्युब एप अपडेट गरेर फोर के एचडीआर प्लेब्याक सपोर्ट प्राप्त गर्न सक्नु हुनेछ । तथापि फोर के भिडियो चलाउँदा यसले मोबाइल डाटा धेरै खपत गर्नुका साथै इन्टरनेट स्पिडलाई पनि घटाइदिन सक्दछ । यसका साथै ब्याट्री समेत छिटो रित्तिन सक्दछ । स्मरण रहोस् युट्युबले हालैमात्र नयाँ जेनेरेसनका एक्सबक्स कन्सोलमा समेत एचडीआर सपोर्ट उपलब्ध गराएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७