महान्यायाधीवक्ता अग्नि खरेलद्धारा राजीनामा


११ फाल्गुन २०७७, मंगलवार
Agni kharel

काठमाडौं, ११ फागुन । महान्यायाधीवक्ता अग्नि खरेललेले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी कानुनी सल्लाहकारको रुपमा रहेका खरेलले सोमबार नै राजीनामा दिएको बताइएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा बहसपछि महान्यायाधीवक्ता खरेलबाट प्रधानमन्त्री असन्तुष्ट थिए । महान्यायाधीवक्ता खरेलले २१ माघ २०७७ मा सरकारको पक्षबाट वहस गर्दै आफू महान्यायाधीवक्ताका रूपमा संवैधानिक दायित्व पूरा गर्न संवैधानिक इजलासमा बहसमा बसेको बताएका थिए । सोही समयमा संविधान निर्माणका बेला खरेलले प्रतिनिधि सभा विघटन हुन नसक्ने धारणा राखेको पुरानो भिडिओ समेत सार्वजनिक भएको थियो ।

महान्यायाधीवक्ता खरेलले सरकारको पक्षमा बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट थिए । त्यसो त महान्यायाधीवक्ता खरेल पनि प्रधानमन्त्रीको कदमदेखि असन्तुष्ट भएकै कारण उनले अदालतमा चर्को बचाऊ नगरेर औपचारिकता मात्रै निभएका थिए ।

महान्यायाधीवक्ता खरेलको राजीनामा भने औपचारिक रुपम स्वीकृत भने भइ नसकेको बालुवाटार स्रोतले जनाएको छ । खरेलको ठाउँमा रमेश बडाललाई ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७