मन्त्रिपरिषद वैठक जारी, हट्ला विप्लव समूहमाथिको प्रतिबन्ध ?


११ फाल्गुन २०७७, मंगलवार
cabinet latest photo

काठमाडाडैं, ११ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक चलिरहेको छ ।
आजको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने निर्णय हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

बैठकले प्रतिबन्द फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्ने बताइएको छ । विप्लव समूहले वार्ताका लागि सबैभन्दा पहिला आफूहरुमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने शर्त अगाडि सारेको छ ।

विप्लवलाई वार्ताको टेवुलमा ल्याउने वातावरण बनाउन सरकारले आज प्रतिबन्ध फकुवा गर्न लागेको ती मन्त्री बताउँछन् । सोमबार नै मन्त्रिपरिषद्को बैठक राखेर विप्लव नेकपामाथि लगाइएको प्रतिबन्धको फुकुवा गर्ने तयारी भएको भए पनि प्रधानमन्त्री केपी ओली कार्यक्रमका सिलसिलामा धनगढी गएकाले बैठक बस्न नसकेको जनाइएको छ ।

सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै शनिबार विप्लव आफैले विज्ञप्ति जारी गरेका थिए । वार्ता टोली गठनअघि नै सरकारका प्रतिनिधि र विप्लव नेकपाका दोस्रो तहका नेताहरुबीच अनौपचारिक वार्ता भने भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७