हेटौंडाको चौकीटोलमा दुई सुमो ठोक्किँदा ११ जना घाइते


११ फाल्गुन २०७७, मंगलवार
accident in river

हेटौंडा, ११ फागुन । हेटौंडामा दुई सुमो ठोक्किँदा ११ जना घाइते भएका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलमा दुई सुमो एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन् ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो एकआपसमा ठोक्किँदा दुबै सुमोमा सवार ११ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंँडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको बताए । उनले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७