श्रीमतीकाे हत्या गरी भागेको आरोपमा पक्राउ


११ फाल्गुन २०७७, मंगलवार
pakrau
फाइल फोटो

झापा, ११ फागुन । झापामा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् ।

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।

बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७