अदालतले सहि फैसला गर्छ, हामीलाई विश्वास छ : अध्यक्ष प्रचण्ड


११ फाल्गुन २०७७, मंगलवार
1507238bca6a203435e22ad8956c7354 w1000 h500 cp

काठमाडौं, ११ फागुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अदालतप्रति आफूहरुमा विश्वास रहेको बताएका छन् ।

आज (मंगलबार) काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौँमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो अदालतप्रति विश्वास छैन मैले भन्न खोजेको छैन । मैले विभिन्न सार्वजनिक सभाहरुमा पनि भन्दै आएको छु कि–अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्ने हामीलाई विश्वास छ ।’

अदालतले सहि फैसला गर्ने बताउँदै अध्यक्ष प्रचण्डले उनले पुस ५ गतेपछि आफूहरु शान्तिपूर्ण युद्धमा रहेको बताउँदै त्यो रक्तपातविही युद्ध जित्ने दावी गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हारिसकेको समेत बताए ।

उनले आफूहरुले एकताको झण्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओलीले फुट र विसर्जनको झण्डा उठाएको बताए । उनले पार्टी ठूलो दुःखले एकता गरेको बताउँदै फुटाउने प्रयास भइरहेको बताए । उनले जुन विधानअनुसार पार्टी एकता भएको थियो आफूहरु त्यसको पक्षमा रहेको रहे ।

‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो’, उनले भने, ‘पार्टी र देश, संविधान र लोकन्त्रलाई विसर्जन र विघटन गर्न बाटोमा जानु भएको छ । मुद्दा त उहाँले हारिसक्नु भयो । व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७