ओलीको स्वेच्छाचारिता अन्त्यका लागि पनि चुनाव आवश्यक : कमल थापा


११ फाल्गुन २०७७, मंगलवार
kamal thapa 5

मकवानपुर, ११ फागुन । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् । संसद विघटन सम्वन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव उचित हुने विचार व्यक्त गरे ।

प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको थापाको भनाइ छ । ‘अपवित्र गठबन्धन बनाएर सरकार बनाउन काँग्रेसलाई जनताको म्यान्डेट थिएन, काँग्रेसले सत्ताको लोभ देखायो भने काँग्रेस पनि जनताको नजरबाट खस्नेछ’, उनले भने ।

गृह जिल्ला मकवानपुरमा टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा–१३ स्थित पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै निषेधको राजनीतिले मुलुकलाई संकटतर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

थापाले विगत १४ वर्षको राजनीतिक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए । स्वाधीन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए । गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको धारणा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७