स्रोत नखुलेको १० लाख भारुसहित भारतीय नागरिक पक्राउ


प्रकाशित मिति : February 23, 2021
फाइल फोटो

बारा, ११ फागुन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर बताउने ५४ वर्षीय मुनवर खान छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको एपीएफले जनाएको छ ।

पक्राउ परेका निज खानलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्