प्रधानमन्त्री ७० वर्षमा प्रवेश, यो वर्षको जन्मोत्सव सामान्य


११ फाल्गुन २०७७, मंगलवार
kp sharma olis birthday 1

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।

kek
प्रधानमन्त्रीको अघिल्लो वर्षको ६९ औं जन्मोत्सव ।

गत वर्ष प्रधानमन्त्रीले तामझामसहित मनाएको जन्मदिन सायदै थोरैले बिर्सेला । ओलीको ६९ जन्मदिन निकै आलोचित भएको थियो । नेपालको नक्साको केक काटेर आफ्नो जन्मदिन मनाएपछि ओली आलोचित भएका थिए । कतिले नेपालको नक्साको केक काटेर देश टुक्र्याउन खोजेको आरोप लगाएका थिए भने कतिले आफ्नै आमाको छाती काटेको भन्दै प्रधानमन्त्रीको विरोध गरेका थिए ।

गत वर्ष ओली आफ्नो ६९ औँ जन्मदिन मनाउनकै लागि तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुगेका थिए ।

चार हेलिकोप्टरमा दलबलसहित पुख्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ १५ किलोको केट काटेर करिब ६ हजारलाई भोज समेत खुवाएका थिए । ओलीले आफ्नै पार्टीको आचारसंहितालाई समेत लत्याउँदै तडकभडकका साथ जन्मदिन मनाएको भएको भन्दै पार्टीका नेता कार्यकर्ताहरुबाट समेत आलोचित हुनु परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७