साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ


११ फाल्गुन २०७७, मंगलवार
money 2

जनकपुधाम, ११ फागुन । धनुषाबाट साढे २५ लाख रुपैयाँ रकमसहित दुई हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् । उनका अनुसार साढे २५ लाख रुपैयाँ लिएर भारततर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई जटही नाकाबाट पक्राउ गरिएको हो ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा गइरहेको बेला नगदसहित पक्राउ परेका दुवै जनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उपरीक्षक रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७