५० वर्ष बढी उमेरका पाकिस्तानी सांसदले गरे १४ वर्षीया किशोरीसँग विवाह


११ फाल्गुन २०७७, मंगलवार
bihe
सांकेतिक तस्वीर

काठमाडौं, ११ फागुन । पाकिस्तानमा एक सांसदले १४ वर्षकी किशोरीसँग विवाह गरेको घटना सार्वजनिक भएको छ ।

एएनआईको रिपोर्टका अनुसार पाकिस्तानको जिमयत उलेमा–ए–इस्लाम पार्टीका सांसद मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षको किशोरीसँगको विवाहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मौलाना सलाहुद्दीन अयुबी बलूचिस्तानका सांसद हुन् ।

अंजुमन दावत–ओ–अजिमत संस्थाले आयुबीले प्रहरीसमक्ष विवाह गरेको किशोरीको विवाह गर्ने उमेर पुगे नपुगेको अनुसन्धान गरेर उमेर नभएको खण्डमा प्रिभेन्सन अफ चाइल्ड म्यारिज एक्टअनुसार दोषीमाथि कारवाही गर्न निवेदन दिएको छ ।

डनको रिपोर्ट अनुसार १४ वर्षकी किशोरीको विवाह चौगुणा बढी उमेरका व्यक्तिसँग भएको चर्चा चलिरहेको छ । पाकिस्तानका चित्रल प्रहरीका इन्स्पेक्टर सज्जाद अहमदले किशोरीका पिता घरमा नभएको र उनी घरमा आएपछि अनुसन्धान गरिने जानकारी दिए ।

पाकिस्तानी मिडियाका अनुसार मौलाना सलाहुद्दीन आयुबीको उमेर ५० वर्ष माथि छ । प्रहरी अधिकारीका अनुसार ती किशोरी गर्ल्स हाई स्कूलकी छात्रा थिइन् । स्कूलमा ती किशोरीको जन्म मिति २८ अक्टोबर सन् २००६ दर्ता गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७