सर्वोच्चको फैसलापछि प्रचण्डले भने, ‘यो नेपाली नागरिकको जित हो’


११ फाल्गुन २०७७, मंगलवार
Prachanda

काठमाडौं, ११ फागुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्चको संसद पुनर्स्थापनाको फैसला लगतै अध्यक्ष प्रचण्डले अदालतको फैसलाले नेपाली नागरिकको जीत भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जीत हो’, प्रचण्डले थपे भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७