२०७७ फागुन १२ गते बुधबारको तपाईको राशिफल


१२ फाल्गुन २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । सामाजिक कार्यमा पनि मन जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यामा सफलता पाइएला । जोश, जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विवादमा विजयी मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाईदा होला । वाहन सुख मिल्ने छ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भेटघाट र मनोरञ्जनमा सहभागी भइएला । वैदेशिक कार्य अघि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभ–अशुभ समाचार सुनिएला । लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रीय व्यक्तिसंग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । आर्थिकपक्ष र शेयर बाजारबाट राम्रै सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । सांगितीक क्षेत्रमा रुची बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने छ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । प्रेमीको सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७