अहमको अवसान


१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली ७० वर्ष लागेको उपलक्ष्यमा सांगितिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह गरिरहेका थिए । २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएका ओलीको बालुवाटारभित्र यो चौथो जन्मेत्सव हो, सम्भवतः प्रधानमन्त्रीको यही कार्यकालको अन्तिम पनि ।

फैसला सुनिसकेपछि पनि उहाँ (ओली) को भावमा कुनै परिवर्तन आएन, एक मन्त्रीले राति ९ बजेतिर भने, प्रधानमन्त्री ज्यू हामीसँगै जन्मोत्सव मनाइरहनु भयो । सर्वोच्चको फैसलापछि नै ओलीले श्रीमती राधिका शाक्यले लेखेको मेरा अनुभूतिहरु किताब पनि विमोचन गरे ।

उनले मंगलबार दिउँसै नक्सालस्थित बालमन्दिरमा पुगेर जन्मदिन मनाएका थिए । ओली बिहानदेखि कार्यक्रममा व्यस्त रहँदा बालुवाटारमा जन्मोत्सव तयारी चलिरहेको थियो । राति अबेरसम्म पनि प्रधानमन्त्री निवासमा बलेको रंगीचंगी बत्तीको उज्यालो बाहिरैबाट देखिन्थ्यो । तर सुखी नेपाली समृद्ध नेपाल बनाउने यात्रामा ओलीको पाइला लड्खडाएको छ ।

मध्यावधि चुनाव गएर एक्लै दुई तिहाइ ल्याउने सपना बोकेका ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको राजनीतिक जीवनको अवसान सुरु भएको छ । राजनीतिक जीवन सुरु गरेको करिब ४ दशकपछि पार्टीको नेतृत्वमा पुगेका ओलीले पछिल्लो सात वर्षमा जति उचाइ लिए ओरालो लाग्नेक्रम त्यो भन्दा छिटो भयो ।

त्यसको प्रस्थान बिन्दु गत पुस ५ गते ओलीले हठात् प्रतिनिधिसभा विघटनसम्बन्धी असंवैधानिक निर्णय नै हो, त्यसको पटाक्षेप मंगलबार भयो । परिणमा उनको विपरित आयो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७