नेपालमा रेम्डिसिभिरले निको हुने दर बढी


१२ फाल्गुन २०७७, बुधबार
remdesivir eoOabUoqeP scaled

काठमाडौं, १२ फागुन । प्लाजा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड-१९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो ।

परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरुमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार नेकपामा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययनमा यस्तो नतिजा निस्केको हो ।

रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरु निको भइ डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरुको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।

रेम्डिसिभिरको तुलनामा कन्भालेलेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो । अध्ययनअनुसार रेम्डेसिभिर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७