संसद् पुनर्स्थापनापछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले लेखे यस्तो भावुक कविता


१२ फाल्गुन २०७७, बुधबार
Ishwor Pokhrel ईश्वर पोखरेल is a current Secreteriat member of Nepal Communist Party and also the Deputy Prime Minister and Minister of Defence
फाइल फोटो

काठमाडौं, १२ फागुन । सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले भावुक कविता लेखेका छन् ।

नेकपा ओली समूहका सचिवालय सदस्य समेत रहेका पोखरेलले मंगलबार राति फेसबुकमा यात्रा शीर्षकमा कविता लेख्दै मानिसले कमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देश दिएका छन् ।
यस्तो छ कविता छ
(यात्रा)
लड्दै उठ्दै लड्दै उठ्दै
हिँड्न सिकेका मानिसहरू

अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका मानिसहरू

अनुभवका पाठशालामा
पढ्दै सिक्दै पोख्त बनेका मानिसहरू

अनेक लडाइँमा रगतपच्छे भएर पनि
बाँच्न सिकेका मानिसहरू

दुष्चक्र विरूद्धको लडाइँमा पनि
जित्छन् र जितिछाड्छन् मानिसहरू

कमजोरीमा किचिएर होइन
कमजोरीलाई पराजित गर्दै

गन्तव्य लक्षित बनेर हिँडिरहन्छन् मानिसहरू
चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!

i

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७