चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क हुन आग्रह


१२ फाल्गुन २०७७, बुधबार
kathamandu

काठमाडौं, १२ फागुन । नेपालमा अझै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (बुधबार) विहान प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको र अन्य भू–भागमा मौसम सफा रहेको जलतथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ छ । प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्ह्तिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै काठमाडौंमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिएका छन् । उनका अनुसार आज विहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७