प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु हुन्न : सल्लाहकार थापा


१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने आवाज उठिरहेका बेला उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।

थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका छन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनु हुने छैन’, थापाले लेखेका छन् ।

s

मंगलबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै सल्लाहकार थापले संसद् पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फेसलालाई विवादास्पद भन्दै यसका दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेपछि ओलीको राजीनामा माग्न थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७