इबोलाको महामारी फैलिएको गिनीमा खोप अभियान थालियो


१२ फाल्गुन २०७७, बुधबार
ebola vaccination

काठमाडौं, १२ फागुन । अफ्रिकी देश गिनीले इबोला विरुद्धको खोप अभियान थालिएको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान शुरु गरेको हो ।

गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार गएको फेब्रुरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान शुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ ।

संगठनले जोखिममा रहेका नागरिक र अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने पनि जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो । अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७