प्रधानमन्त्रीले बोलाए आफू नेतृत्वको नेकपा स्थायी कमिटी बैठक


१२ फाल्गुन २०७७, बुधबार
PM KP Sharma oli

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सरकारको निर्णय बदर गरिदिएपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टी विभाजनपछि पहिलोपल्ट ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् । ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी कमिटी सदस्यहरु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७