संसद् पुनर्स्थापना : देशभर नेकपाको विजय जुलुस र खुशीयाली सभा


१२ फाल्गुन २०७७, बुधबार
Nekapa Pradashan 4

काठमाडौं, १२ फागुन । संसद् पुनर्स्थापनाको खुशीयाली मनाउन नेकपा प्रचण्ड–नेपाल पक्षले आज (बुधवार) राजधानी काठमाडौंसहित देशभर विजय जुलुस निकाल्ने भएको छ ।

आज दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस निकालिने नेकपा नेता विष्णु रिजालले जानकारी दिएका छन् । सर्वोच्च अदालतले मंगलवार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै प्रचण्ड माधव पक्षले खुशीयाली मनाउन लागेको हो ।

उनले एक ट्वीट गर्दै लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं !’

सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने बताएका छन् ।
‘सर्वोच्चले संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको छ, जनता विजय भएको खुशीयालीमा शान्तिवाटीकामा कार्यक्रम गर्दैछौं,’ दीपशिखाले भने ।

ne

कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने उनले बताए । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदै छन् । उपत्यका संघर्ष समितिको नेतृत्व गर्दै आएकी नेकपा नेतृ पम्फा भुसालले जनवर्गीय संगठनका नेताहरुलाई मंगलबार बेलुकी नै टेलिफोन गरी शान्तिवाटीकामा भेला हुन भनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७