न्यायालयप्रति जनविश्वास बलियो भएको छ : अष्टलक्ष्मी शाक्य


१२ फाल्गुन २०७७, बुधबार

हेटौंडा, १२ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति बागमती प्रदेश, नेकपा प्रचण्ड–माधव पक्षका संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले खुशी व्यक्त गरेकी छिन् ।

सर्वोच्चको फैसला प्रतिगमनविरुद्ध भएको भन्दै उनले न्यायालयप्रति जनताको विश्वास थप बलियो हुने बताएकी छिन् । प्रतिनिधिसभा विघटन संविधानमाथि नै प्रहार भएको भन्दै शाक्यले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी जनप्रतिनिधिको सर्वोच्च संस्था विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले सच्याएको बताइन् ।

उनले केन्द्रीय राजनीतिको असर प्रदेशमा पनि परेको र प्रदेशसभालाई बन्दी बनाउने काम अब अन्त्य हुनेमा विश्वास व्यक्त गरिन् । अब छिटै प्रदेशसभाको बैठक बोलाएर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्तावको टुङ्गो लगाइने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७