अब नेपालमा लोकतन्त्र बहाली हुनेछ : भाजपा वरिष्ठ नेता स्वामी


१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु सुखद खबर भएको बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै स्वामीले नेपालमा संसद पुनस्थापना भएको राम्रो खबर आएको प्रतिक्रिया दिएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि पूर्व केन्द्रीय मन्त्री समेत रहेका स्वामीले नेपालमा लोकतन्त्र बहाली हुने आशा व्यक्त गरेका छन् ।

sw

सुब्रमण्यम स्वामीले लेखेका छन्, ‘नेपालबाट राम्रो खबर आएको छ । नेपालको सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गर्ने फैसला गरेको छ । त्यसका लागि १३ दिनको समय दिइएको छ । नेपालका लोकतान्त्रिक नेताहरु मेरो सम्पर्कमा रहेका छन् । मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ । त्यसपछि भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । मंगलबार सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विघटन बदर गरेको हो । अब प्रतिनिधिसभा बैठक फागुन २४ गतेभित्र बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७