बालुवाटारमा ओली समूहको स्थायी कमिटी बैठक शुरु, भावी रणनीति तय गर्ने


१२ फाल्गुन २०७७, बुधबार
KP Oli team CCM

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक शुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिएका छन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुने नेता मण्डलले बताएका छन् ।

‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ ।’

सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ । प्रचण्ड–नेपाल पक्षले गत पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७