पेरिसडाँडामा नेकपा स्थायी कमिटी वैठक बस्दै


१२ फाल्गुन २०७७, बुधबार
prachanda nepal khanal 6 SXHKOqMSGX

काठमाडौं, १२ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बुधबार) दिउँसो २ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो ।

‘उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यलाई बोलाइएको छ’, ढकालले भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।’ उनले बैठक अनौपचारिक हुने बताए । यसअघि आजै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

त्यस्तै प्रचण्ड नेपाल समूहले अपरानह ४ बजे संसदीय दलको बैठक समेत बोलाएको छ । स्थायी कमिटी र संसदीय दलको बैठककै बीच काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रचण्ड र माधव नेपालले भेट्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७