डा. भट्टराईको स्वास्थ्य परीक्षण जारी, बायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने


१२ फाल्गुन २०७७, बुधबार
409f2bcc25b502eb5cd176b227f9ab0a w1000 h500 cp

काठमाडौं, १२ फागुन । स्वास्थ्य समस्या बढेपछि भारत गएका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको वायोप्सी रिपोर्ट आउन अझै चार दिन लाग्ने भएको छ ।

उपचारका लागि आइतबार भारत गएका उनी दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार भर्ना भएका छन् । लामो समयदेखि पेटसम्बन्धी समस्यावाट पीडित भट्टराई चिकित्सकको सल्लाहमा नै दिल्ली गएका हुन् । उनमा न्युरो (इन्डोक्राइनको ट्युमर) को शंका गरिएको छ ।

मंगलबार वायोप्सी, पेटस्क्यान र अन्य केही परीक्षण गरिएको थियो । ४ दिन पछि रिपोर्ट आए पश्चात मात्र रोगको निक्र्यौल हुने डा. भट्टराईका सचिवालय सदस्य विश्वदिप पाण्डेले जानकारी दिएका छन् । उक्त परीक्षण नेपालमा नभएका कारण चिकित्सकको सल्लाहमा नै दिल्ली लगिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७