माउन्ट केटू आरोही टोलीलाई नेपाली सेनाको सम्मान {भिडियाे}


१२ फाल्गुन २०७७, बुधबार
nepal Army 1

काठमाडौं, १२ फागुन । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाइ नेपाली सेनाले सम्मान गरेको छ ।
बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली आरोहण दलका सदस्यहरुलाई कदरपत्र प्रदान गरि सम्मान गरेको हो ।

उक्त कार्यक्रममा ८००० मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो केटू हिमाल हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति थापाले सामुहिक भावना तथा दृढ विश्‍वास एवं लगनशीलताले खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताए ।

उनले विदेशमा प्राप्त अनुभव तथा सिपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय भावना सहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्‍ने हरेक पक्षलाई सम्भव बनाउन सकिने उनको भनाई छ ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो । म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको हो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७