आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा संजिब राई निर्वाचित


१२ फाल्गुन २०७७, बुधबार
sanjib rai

टोकियो, १२ फागुन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको अध्यक्षमा संजिब राई चयन भएका छन् ।

महासंघको जुम भर्नुअलबाट भएको १७औं महाधिवेशनबाट राईको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत कार्यसमिति गरेको हो ।

महाधिवेशनले उपाध्यक्षमा शान्तकुमार पहरी, रित राना, डेनी शेर्पा र महासचिवमा शिशिद निदलेकु लिम्बु, सचिवमा कनैलाल चौधरी, शुशील राई र कोषाध्यक्षमा सुनिता श्रीष मगर चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सुदन राइ, प्रमिला राई, आपेक्षा मादेन, बाल बिक्रम तिगेला, बल डंगोल, अरुण भट्टचन, हरि चौधरी,टेक थामी र खेम गुरुङ चयन भएका छन् ।

‘‘बहु–जाती,भाषा,धर्म संस्कृति नेपालको पहिचान,समानता र न्यायको पक्षमा १७औं महाधिबेशन’ भन्ने मूल नाराको साथ सम्पन्न महाधिबेशनमा कोषाध्यक्ष सोममाया गुरुङको आर्थिक प्रतिबेदन र महासचिव शान्तकुमार पहरीको कार्य प्रगति प्रतिवेदन पास गरेको थियो ।

फेब्रअरी २१ तारिख नेपाली राजदूतावास जापानका उप–नियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७