छोरीको दरबन्दीमा बाबु जागिरे


१३ फाल्गुन २०७७, बिहीबार
thori

पर्सा, १३ फागुन । पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा बुबाले काम गरिरहेको पाइएको छ ।

ठोरी गाउापालिका ५ मा रहेको स्वास्थ्य चौकीमा २०७५ माघबाट कार्यालय सहगोगीका रुपमा कार्यरत शर्मिला रुम्बाको ठाउँमा उनका बुबा कृष्णबहादुर रुम्बाले कार्यालय सहयोगीका रुपमा काम गरिरहेको पाइएको हो ।

शर्मिला गाउँपालिकाका तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन् । उनको गत महिना विवाह भएको थियो । विवाह गरेर चितवन गएपछि उनको ठाउँमा उनका बुबाले नै कार्यालय सहयोगीका रुपमा स्वास्थ्य चौकीमा काम गरिरहेको स्थानीय कृष्णमोहन साहले बताए ।

विवाह भएर गएपछि शर्मिला तलब बुझ्न र करारको म्याद थप गराई पुनः आफ्नो श्रीमानको घर चितवन नै गएको बुझिएको छ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले आफूलाई शर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुबाले काम गर्न नपाउने भन्दै यस विषयमा तत्काल छानबिन गरिने र यस्तो भेटिए कानुनअनुसार कारवाही गरिने बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७